काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पार्टी अध्यक्ष बन्नकाे लागि प्रस्ताव गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका बादलालाई उनले पार्टी अध्यक्षकाे प्रस्ताब गरेका बालुवाटार स्राेतले बतायाे ।
नेकपा अहिले विभाजनकाे संघारमा छ । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउने प्रयास गरिरहेका बेला ओलीले बादललाई अध्यक्ष बन्नका लागि प्रस्ताब गरेका हुन् ।
