ओलीलाई कारबाही गरेको पत्र बाेकेर निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ८ बुधवार ०६:०२ बजे

ओलीलाई कारबाही गरेको पत्र बाेकेर निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरेको चिठ्ठी लिएर निर्वाचन आयोग जाने भएका छ्न्।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट कारबाही गरेको चिट्ठी लिएर आयोग जान लागेको स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले बताए।

बुधबार प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारबाहीको निर्णय गरेपछि जानकारी गराउन मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने भएका हुन्।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कारबाही गरेपछि रिक्त अध्यक्ष पदमा वरिष्ठ नेता नेपाललाई चयन गरिएको बताइएको थियो।


प्रतिक्रिया

सम्बन्धित समाचार