भूमिहीन सुकुमबासीलाई निवेदन दिन आयोगकाे आग्रह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ८ बुधवार ०५:५७ बजे

भूमिहीन सुकुमबासीलाई निवेदन दिन आयोगकाे आग्रह

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले १४ वटा पालिकामा ३५ दिनभित्र निवेदन आह्वान गरेको छ ।

आयोगले झापाकाे कन्काई नगरपालिका, उदयपुरकाे बेलका नगरपालिका, सिराहाकाे धनगढीमाई नगरपालिका, सर्लाहीकाे हरिवन नगरपालिका, ललितपुरकाे बागमती गाउँपालिका, चितवनकाे रत्ननगर नगरपालिका, कास्कीकाे रुपा गाउँपालिका, नवलपरासीकाे कावासोती नगरपालिका, रूपन्देहीकाे कञ्चन गाउँपालिका, दाङकाे बबई गाउँपालिका, सुर्खेतकाे गुर्भाकोट नगरपालिका, सुर्खेतकै चौकुने गाउँपालिका, कैलालीकाे गौरीगङ्गा गाउँपालिका र कञ्चनपूरकाे कृष्णपुर नगरपालिकाका भूमिहीन, दलित, भूमिहीन सुकुमबासीलाई निवेदन दिन आग्रह गरेको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अन्य व्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको आयोगका प्रवक्ता भीमबहादुर कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

आयोगले माथिका १४ सहित ४९ पालिकामा आफ्नो कार्यालय स्थापना गरिसकेको छ । ७५३ मध्ये १९२ वटा पालिकासँग लगत संकलन सम्झौता भएको प्रवक्ता कार्कीले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार