काठमाडाैं । संसद विघटनविरुद्ध सर्बोच्च अदालतमा परेका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाई गर्ने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध १२ वटा रिट दायर भएका छन ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने र लोकेन्द्रवहादुर ओली लगायतले सोही दिन रिट दायर गरेका थिए भने । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित चार सांसदले मंगलबार बिघटनको निर्णय बदर गरिपाउँ भन्दै प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई बिपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।
दायर भएका सबै रिटलाई एउटै इजलाशमा राखेर सुनुवाई गर्ने भन्दै प्रधानन्याधिस जबराले एकल इजलास गठन गरेको हुन । तर संवैधानिक इजलासमा पेस गर्नेगरी दर्ता भएको एउटा निवेदनको पछि सुनुवाइ हुनेछ ।
