काठमाडाैं । नेकपाकी केन्द्रिय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले संसद विघटन स्विकार नगरेपनि आफूहरु पार्टी फुटको पक्षमा नरहेको बताएकी छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर गैरसंवैधानिक कदम चालेको भन्दै आफूहरु न्यायालय जाने स्थिति आएको स्पष्ट पारेकी छन् ।
हरेकन्युजसँग कुरा गर्दै नेतृ झाँक्रीले राष्ट्रपतिको भूमिका खेदजनक रहेको बताइन् । ‘हेड अफ दि स्टेटको भूमिका त हुदै भएन’ उनले भनिन्,‘पार्टी विधिसम्मत चलाउने भनेका थियौँ,उहाँ पार्टीको बैठकमा नआउने,बैठक नराख्ने,निर्णय नमान्ने,पार्टीको संयन्त्र कब्जा गर्ने लगायतका अवस्था गुज्रिरहेको थियो,हाम्रो यहि विषयमा प्रश्न थियो ।’
पार्टीभित्रको भावनालाई कुल्चिएर गैरराजनीतिक कदम सनकको भरमा चाल्नुभएको उनले आरोप लगाइन् । अप्ठ्यारो अवस्थामा न्यायालयले पनि निर्णायक भूमिका खेल्दै आएकाले यसबेला सबैको नजर न्यायालय तर्फ गएको नेतृ झाँक्रीले बताइन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन् । यस प्रसंगमा नेतृ झाँक्रीले यहि अवस्थामा बैशाखमा चुनावको परिकल्पना समेत नगरेको बताइन् ।
थप भिडियोमा हेर्नुहोस्
