काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पुर्नगठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ।
नेकपाा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुर्नगठनको निर्णय गरेको थियो। निर्वाचन आयोगका अनुसार एक घण्टा अघि पत्र दर्ता भएको छ ।
एक घण्टा अघि केन्द्रीय कमिटीको पुर्नगठनसँग सम्बन्धित पत्र दर्ता भएको छ’, आयोगका एक अधिकारीले भने, ‘विधान संशोधन र केन्द्रीय किमिटी संख्या हेरफेर लगायतका विषयमा पनि कागजपत्र ल्याउँने नेकपाले जनाएकाे उनले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
