माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ६ सोमवार ०६:१० बजे

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् ।

साेमबार बिहान आफूनिकट पूर्वसांसदहरूसँग छलफल गरेका ओलीले अहिले केहिबेरमा पूर्वमाओवादी केन्द्रसँग भएकाे एकता भंग गर्ने तयारी गरेका स्राेतले बतायाे ।

पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएकाे थियाे । पार्टी एकता गर्दा दुई वर्षभित्रमा महाधिवेशन गरिसक्ने घोषणा गरिएकाे थियाे ।

तर पछिल्लाे समय बढ्दै गएकाे विवाद नेकपा अध्यक्ष ओलीले अध्यादेश देखी संसद विघटनसम्मका प्रक्रिया अगाडि बढाएपछि नेकपा फुटकाे संघारमा पुगेकाे हाे ।


प्रतिक्रिया

सम्बन्धित समाचार