काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा आफू निकटका सांसदहरुको बैठक बोलाए । उनले विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक बोलाएका हुन् ।
यस्तै प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका छन् । प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
