नेपालसँगको सीमा विवाद चर्किरहेका बेला भारतले फेरि चीनसँग निहुँ खोजेको कुरा बाहिरिएको छ । योसँगै चिनीयाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नै नियन्त्रणमा लिएको खुलासा भएको छ ।
अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारत र चीनको सीमा क्षेत्रमा भारतीय सैनिकको टोलीले घुसपैठ गर्न खोजेको छ । भारतीय सेनाको यो गतिविधिबाट केहि आक्रोसमा आएको चीनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै कब्जा जमाएको हो ।
लद्धाख क्षेत्रमा गत बुधबार भारतीय सेनाको टोलीलाई चीनको टोलीले नियन्त्रणमा लिएर हतियार समेत खोसेको कुरा बाहिरिएको छ ।
भारतीय सेनाको ज्यादती बढेपछि चिनियाँ सेना तथा हातहतियार पनि सीमा क्षेत्रमा बढाइएको छ ।
भिडियोमा हेर्नुहोस्
