पूर्वमन्त्रीको अपहरण गर्ने सांसद र प्रहरीका पूर्व हाकिम, जाहेरी दिन पूर्वप्रधानमन्त्री, रोक्ने डिएसपी


  • हरेक न्यूज
  • प्रकाशित मिति : आइत, बैशाख १४, २०७७

पूर्वमन्त्रीको अपहरण गर्ने सांसद र प्रहरीका पूर्व हाकिम, जाहेरी दिन पूर्वप्रधानमन्त्री, रोक्ने डिएसपी

आफूलाई अपहरण गर्न आउनेहरुलाई उनले हासेर स्वागत गरे । मासुभात खुवाए । अझ अपहरण गर्न जानेहरुले फोन गरेरै पुगेका हुन्छन् । अपहरण गर्ने भन्दा अपहरित तर्फको संख्या धेरै हुन्छ ।
अपहरित व्यक्ति चानचुने होइन । बहालवाला सांसद अनि पूर्वस्वास्थ्यमन्त्री । अब तपाईलाई सोध्नै परेन कि यस्तो जात्रा कहाँ हुन्छ ? हो काहीँ नभाको जात्रा हाँडीगाउ अर्थात नेपालभित्र भएजस्तै यो अनौठो घट्ना नेपालमै भएको हो ।
कोरोना संक्रमण दिनप्रतिदिन नजानिदो पाराले नेपालभित्र बढिरहेको देखिन्छ । सिमानाका तथा हवाई उडान बन्द रहेकाले संक्रमितको संख्या हेर्दा एक चुड्कीको भरमा राज्यले कोरोना नियन्त्रण गर्नसक्नुपर्ने हो । तर नेपालमा भने कमिलालाई खै के को पहिरो भनेझैँ कोरोनाको पूर्ण नियन्त्रणमा सकस परिरहेको छ । जनता ५ हप्तादेखि लकडाउनमा छन् । तर भिआईपी,पूर्वभिआईपीदेखि भिभिआईपी सम्मको राजनीतिक खेलले नेपाली जनता घरको बन्द कोठाभित्रबाट अचम्मित तथा त्रसित बनिरहेका छन् ।

माथी उल्लेखित अपहरणको प्रसंग कुनै दन्त्यकथा वा कुनै परापूर्वकालको होइन । यहि कोरोनाको त्रासदी तथा लकडाउनको सकसपूर्ण वातावरणमा नेपाली राजनीतिमा भएको एउटा हास्यास्पद घट्ना हो ।
सत्तारुढ नेकपाका सांसद महेश बस्नेत तथा किसान श्रेष्ठ,नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले बहालवाला सांसद तथा पूर्वस्वास्थ्यमन्त्री सुरेन्द्र यादवको अपहरण गरे भनेर जनताले बुझिदिनुपर्ने बेला आएको छ । आफ्नो सांसद यादवको अपहरण भएको भन्दै राजपा नेपाल तथा समाजवादी पार्टी मिलेर बनेको नयाँ पार्टीका नेताहरु जाहेरी दिन काठमाण्डौ प्रहरी परिसरमा पुगेका छन् । तर प्रहरीले जाहेरी नलिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई,नेताहरु उपेन्द्र यादव,राजेन्द्र महतो लगायत सो पार्टीका नेताहरु प्रहरीसँग भनाभनमा उत्रिएका छन् । प्रहरी र जाहेरी दिन पुगेका नेताहरुबिच चर्काचर्की नै भएको छ ।
घट्ना महतेत्तरीमा भएकाले उतै जाहेरी दिन मुद्धा फाँटका डिएसपी कृष्ण चन्दले भनेपछि नेता र प्रहरीबिच बौद्धिक लडाई भएको हो ।

१० बैशाख अर्थात ४ दिनअघि सांसदद्धय बस्नेत,श्रेष्ठ र पूर्वआईजीपी खनाल जनकपुरस्थित सांसद यादवको घरमा पुगेका थिए । सांसद यादवलाई उनीहरुले जर्बजस्ती उठाएर काठमाण्डौ ल्याईएको समाजवादी पार्टीका नेताहरुको दाबी छ । तर अपहरण गर्न गएका भनिएका सांसद बस्नेत,श्रेष्ठ र पूर्वआईजीपी खनालले भने आफूहरुले जर्बजस्ती नगरेको,यादव आफ्नै खुसीले काठमाण्डौ सँगै आएको बताउदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएर आफूहरुले यो काम गरेको बताएको पिडित यादवले भनेका छन् ।

समाजवादी पार्टी फुटाउने योजनामा सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको निर्देशनमा सांसदद्धय र पूर्वआईजीपीले सांसद यादवलाई रातारात काठमाण्डौ ल्याएको आरोप समाजवादी पार्टीका नेताहरुले लगाएका छन् । राती ल्याएर होटल मेरियटमा सांसद यादवलाई राखिएको थियो । तर भोलिपल्ट बिहान यादव पार्टी नेताहरुसँग सम्पर्क गरेर होटलबाट टाप कसेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट