नेपाल आइडलबाट बाहिरिएपछि मेनुकाको ‘दिलको घाउ कति दुख्छ’ ले सबैको मन तान्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७४ भदौ ८ बिहीवार ०८:२७ बजे

नेपाल आइडलबाट बाहिरिएपछि मेनुकाको ‘दिलको घाउ कति दुख्छ’ ले सबैको मन तान्दै

काठमाडौं,

८ भदौ

नेपाल आइडलको टप ११ बाट आउट भएकी गायीका मेनुका पौडेलले गाएको ‘दिलको घाउ कति दुख्छ’ अहिले चर्चामा छ । पछिल्लो समय एकपछि अर्को उत्कृष्ट गीत दिदै आएका गीतकार राज धमला निश्चल ‘ओखलढुंगे’को शब्द र सुरेन्द्र भट्टराईको संगितले यो गीतलाई अझै उचाईमा पुर्याएको छ ।

नेपाल आइडलमा लाखौँको मन जितेपनि भोटिङको आधारमा बाहिरिएकी मेनुकाले गाएको यो गीत युटुबमार्फत दुई लाख बढि दर्शकले हेरिसकेका छन् ।
गीतकार राज धमला निस्चल ओखलढुंगेले आफैँ यो गीतको भिडियो निर्देशन गरेका छन् । साथै बिनोद भुजेलको एरेन्जर रहेको गीतमा गायिका पौडेल, गीतकार निश्चल(ओखलढुंगे) र संगितकार सुरेन्द्र भट्टराई लगायतले अभिनय गरेका छन् ।
आफ्नो जीवनसँग मेल खाने भएकाले आफ्ै अभिनय गरेको गाईका पौडेलले बताईन् । म्यूजिक नेपालमा रेकर्डिङ भएको गीतको म्युजिक भिडियो सहित योजना म्युजिक फिल्म्स् प्रालिले हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ । गीतकार तथा योजना म्युजिक फिल्म्स् प्रा लिका निर्देशक राज धमला निस्चल ओखलढुंगेले तत्कालै स्रोता दर्शक माझ अरु नयाँ गीत र भिडियो लिएर आउने बताए । सार्वजनिक भएको दुई हप्तामा नै यो गीतले दुई लाख बढि दर्शकको मन जितेपछि गायीकादेखि गीतकार र संगितकारलाई समेत सांगितिक क्षेत्रमा थप प्रेरणा दिएको मान्न सकिन्छ ।

यस्तो छ गीत (म्युजिक भिडियो सहित)


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट