संगित र संञ्चारमा शिखर चुम्दै शिखर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १७ मंगलवार ११:०९ बजे

संगित र संञ्चारमा शिखर चुम्दै शिखर

१७ फागुन, काठमाण्डौ ।

तनहूँको गजरकोटमा जन्मेका हुन्, शिखर गजरकोटे । सञ्चारकर्ममा व्यस्त उनी फुर्सदको समयमा गीत लेख्छन् । उनले लेखेका पुर्वेली तथा पश्चिमी शैलीका गीत दर्जनौ गीत बजारमा आईसकेका छन् ।

16508017_1351125504962583_214224553803610989_n
२०६३ सालमा ‘सागर सुक्ला माया सुक्दैन’ दोहोरी एल्बमवाट संगीत यात्रा शुरु गरेका गजरकोटेले एक दशक विश्राम लिए । लोकबजार नबुझी लाग्दा ठगिएपछि विश्राम लिएको उनको भनाई छ । २०७१ साल देखि पुन ः जागरुक भएका उनले सगरमाथाको फेदिमा बसेर लोक सृजना गर्छन् ।
पिरतीको साईनो, बाँसको चोयाले, बगेर जाने खोली, बरले भुई छुदा, पानी मिठो यारी खोलाको, छाता थेन, चरी भए देखि, फेसबुकमा भेटे, हावापानीले, जीवनसाथी, प्रेमको कथा, पुर्वेली कान्छी, पुर्वेली–पोख्रेली, यो माया बैगुनी, तनहूँ गजरकोट लगायतका दर्जनौ गीतमा गजरकोटेको शब्द र भाका रहेको छ, जुन बजारमा सार्वजनिक भईसकेका छन् ।
सोलुखुम्बुवाट संचालित हिमाल एफ एममा कार्यक्रम संयोजकको जिम्मेवारी सम्हाल्दै आएका गजरकोटेले नेपालको गौरव सगरमाथाको फेदिमा बसेर लोक सृजना गर्न पाउदा आँफैलाई भाग्यमानी ठानेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट