काठमाण्डौ
१५ फागुन ।
काठमाडौ । झापा दमकमा जन्मिएकी सपना बुढाथोकी पछिल्लो समय म्युजीक भिडियोमा खुबै व्यस्त छिन् । कुशल नृत्यंगना समेत रहेकी उनलाई देशका विभिन्न स्थानमा हुने मेला तथा महोत्सवमा समेत नृत्य प्रस्तुत गर्न भ्याइइ नभ्याई हुने गरेको छ ।
उनले ‘आयो है दशै’, ‘आयो दशै हुने र खानीलाई’ , ‘बैश चढ्यो,’ ‘नक्कले’ बोलका गीत गीत लगायत १० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । यस्तै जलजला परियारको स्वरमा रहेको ‘ढुगांको मन’ बोलको गितमा पनि उनको अभिनय छ ।

उनी अभिनयमा आफ्नो मुख्य रुची फिल्म भन्दा म्युजीक भिडीयो नै रहेको बताउछिन् । मेरो ‘टार्गेट’ भनेको म्युजिक भिडियो नै हो, पारिवारिक सपोर्ट एवं साथीभाइको हौसलाले यसैमा खुशी छु,’ उनी भन्छिन् । रहरै रहरमा रंगमञ्च हुँदै काँचका पर्दामा छाएकी सपना यसैलाई निरन्तरता दिन खोजिरहेकी छिन् ।

कुशल नृत्यांगना सपना भन्छिन, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा सबै किसिमका भूमिका निर्वाह गर्न सक्छु ।’ उनि नेपाली रजटपटका चकलेटी नायक आर्यन सिग्देल, संयम पुरी तथा नायिका प्रियंका कार्कीको अभिनयबाट आफु प्रभावित भएको बताउछिन् । मौसमअनुकूल पहिरन लगाउन रुचाउने सपना आफूलाई ‘क्याजुएल वेयर’ नै म्याच हुने बताउँछिन् ।
