काठमाडौं, ८ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टाीले मधेस केन्द्रित दलहरुलाई समेत सहमतिमा ल्याएर निर्बाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । राप्रपाको बन्दसत्रले मधेस केन्द्रित दलहरुको समेत सहमतिमा छिटो चुनाव घोषणा हुनुपर्ने निर्णय गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको महाधिवेशनले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै राप्रपा राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र सुदृढ स्थानीय स्वायत्त शासन हुनुपर्ने पक्षमा छ ।
परिमार्जित विधान अनुसार राप्रपाको केन्द्रीय कार्यसमिति १६३ सदस्यीय हुनेछ । कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन् । जसमा एक अध्यक्ष, ५ पाँच उपाध्यक्ष, ४ महामन्त्री, १ कोषाध्यक्ष, ५ सहमहामन्त्री, ७ सहायक महामन्त्री, १ सहायक कोषाध्यक्ष, १ प्रवक्ता र २ सहप्रवक्ताको व्यवस्था गरिएको छ ।
