परदेसका श्रीमान र स्वदेसका श्रीमती दुबैलाई रुवाउने गित (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन २ सोमवार १३:४३ बजे

परदेसका श्रीमान र स्वदेसका श्रीमती दुबैलाई रुवाउने गित (भिडियो सहित)

काठमाण्डौ, २ फागुन ।

१६ घन्टे ड्यूटि सकेर रातिको ११ बजे कोठा पुगेको थिए । थाकेर लखतरान भाको जिउलाई बेडमा डंरङ्ग बजारे ड्रेस पनि नफुकाली, अनि एक पटक सामाजिक सञ्जालमा आंखा लगाए ।

फेसबुक भरी “सुन साइली“ को चर्चा देखेर कस्तो रहेछ हेरि हालौ भनी युटुबमा गएर सुन साइली हेर्न थाले ! हेर्दै जादा कम्तीमा ४र५ पटक दोहोर्याएर हेर्दाै गर्दा मेरो आँखा पानीपानी भएको पत्तोनै पाइन । पहिलो पटक हो मलाई गितले एति सारो भावुक बनाको ।

एतिकैमा परिवारको यादमा डुब्न पुगे, बुढीलाई एक कल फोन गरौ गरौ लाग्यो अनि फेरि सोचे “भखर नेपालमा २ बज्न लाग्या होला, उस्को निन्द्रा बिग्रन्छ सोँचे ।

फेरि अर्को मनले मानेन एक्चोटी गरि हेरौ बा उठेकी छन भनेर कलमात्र दाबेको थिए एक घन्टी जान नपाई उन्ले फोन उठाइन ! मैले जिस्के जस्तो गरेर “कति छिटो उठेकी नि? भने !

उन्ले सुक्क सुक्क रुदै भनिन
“सुन साइली भन्ने भिडियो हेर्दै थिए बुढा…
बेलुका ११ बजे तिर नि हेरेको थिए ऐले नि हेर्दैछु!“
मैले भावुक हुँदै भने
“कुन भिडियो हौ फेरि….तेस्तो रुवाउने भिडियो हेर्नू हुन्न तोइत“
उनी झन रुदै बोलिन

“भो हौ पैसा चाहिन्न…घर आउनुस छिटो !
पिलिज बरु यतै दुख गरम्ला ! खान पुगेकै छ लाउन पुगेकै छ !
आउनुस न छिटो घ र !“
म केही बोल्नै सकिन….नतमस्तक हुँदै अझै पनि पल पल घर परिवारको मायाँ मा डुब्दै यो भिडियो को साहारा लिदै छु ।

यो सामाग्री यहि गितको कमेण्ट बक्सबाट साभार गरिएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार