२८ वर्षे हदबन्दी : चुनावका लागि तयार छन्, उम्मेद्‌वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २१ शुक्रवार ०८:४२ बजे

२८ वर्षे हदबन्दी : चुनावका लागि तयार छन्, उम्मेद्‌वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)

काठमाडौं, २१ माघ ।

त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेद्‌वार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेको छ ।

प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन् । केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन् । नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्ष्भित्रका छन् । अध्यक्ष नैनसिंह महरले आफू ४२ वर्ष पुगेको बताए । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्ष्भित्रका छन् । विद्यार्थी नेताहरु आफैंले बताएको उमेरअनुसार पदाधिकारीमा २६ वर्षदेखि सबैभन्दा बढी ३५ वर्ष उमेरका छन् ।

तीन संगठनमा चार नेतामात्र योग्य त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् । नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ नकटेका छन् ।

अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्म्का १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् ।

नेविसंघका कोषाध्यक्ष शिव रिमाल २८ वर्षमुनिका छन् । उनले आफू २७ वर्ष पुगेको दाबी गरे । ‘मेरो उमेरले स्ववियु चुनावमा लड्न सक्ने भए पनि उम्मेदवार बन्दिनँ,’ उनले भने । अनेरास्ववियुकी अनुशासन आयोग अध्यक्ष निशा अधिकारी मात्र स्ववियु चुनावका लागि योग्य छिन् । उनी २६ वर्षकी भइन् । अनेरास्ववियु क्रान्तिकारीको सचिवालयसम्मका नेताहरुमा उपाध्यक्षद्वय मिलन एसमी र रविकिरण यादव मात्र २७ वर्षका छन् । आजको नयाँ पत्रिका खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट