जनवादी गायक सम्झन्छन् – गरिबको चमेली बोल्दिने कोहि छैन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १७ सोमवार १०:५३ बजे

जनवादी गायक सम्झन्छन् – गरिबको चमेली बोल्दिने कोहि छैन

माघ ८,

काठमाण्डौ ।

जनवादी गायक रामेश श्रेष्ठले हामीसँगको भेटमा आफुले गाएका केहि गी सम्झिए –
कोहि त भने जहाजमा हरर
कोहि त भने पसिना तरर हाम्रो नेपालमा ।
कोहिको घरमा डाक्टरको चाकडी
कोहि त मर्छन् अस्पताल नहेरी  हाम्रो नेपालमा ।

अर्को गित पनि सम्झिए–

गाउँ गाउँबाट उठ,बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ ।

अनि भन्छन् – ‘पहिले राणाहरुले खाए,त्यसपछि कांग्रेसले खायो,कांग्रेसपछि पञ्चायतीले खाए,कम्युनिष्टले केहि गर्ला कि भनेर आश गरियो अहिले उसले कांग्रेससँगै मिलेर खाइरहेको छ ।’ यतिसम्म कि जनवादी गायक रामेश तथा रायन लगायत त्यसबेला निरंकुश शासनको अन्त्य र गणतन्त्र प्राप्तीका लागि कलममार्फत्,संगित तथा स्वरमार्फत वा अन्य कुनै हतियारमार्फत नै आफ्ना सारा यौवन खर्चिएकाहरु अहिलेको राजनीतिक संक्रमणकाल,सत्ताको लुछाचुडी र खुट्टा तानातान देखेर आजित भएका छन् ।

IMG_7443

रामेश अझै थप्छन् –
देश बनाउने जिम्मा अब तपाई युवाहरुको हो । अहिले निरंकुशता त हटेको छ । अब प्राप्त गणतन्त्रलाई बचाउने र मलजल गर्दै जनताको अधिकार स्थापित गर्ने जिम्मा तपाईहरुको हो । हाम्रो त दिमागको हार्ड डिक्स फूल भइसक्यो । अब तपाईहरुको पालो ।
अब के चाँहि हुनुप¥यो देशमा भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् –
अहिले नेताहरुले बाटो बिर्सिएका छन् । सहिदको रगतले हजारौँको योगदानले देशमा परिवर्तन ल्याइयो । तर तीनै नेताहरु अहिले शासक भएका छन्,मालिक भएका छन् , जनता चाँहि सँधै नोकर को नोकर ? अब नयाँशक्ति चाहिन्छ । युवाहरुले अधिकारको लागि लड्नुपर्छ ।
यत्तिकैमा झल्यास्स बाबुराम टिमको सम्झना आएर हामीले सोधिहाल्यौँ– बाबुराम भट्टराईको नयाँशक्ति छ त ?
गायक रामेश झनक्क रिसाएजस्तो लाग्यो । भने–बाबुरामले के गरे, के गर्दैछन् ? कहाँ बाटो बिराए भन्ने सबै जनतालाई थाहा छ । जनतालाई गएर सोध्नुस् । मैले भनेको अर्कै नयाँ शक्ति हो । युवाहरुको शक्ति । नेपालमा नाम नकहलिएका तर धेरै राम्रा मान्छेहरु समेटिनुपर्छ । गाई त बाध्यो ढुंग्रोमा मोई छैन ,मोई छैन, गरिबको चमेली बोल्दिको कोहि छैन गीत सम्झिदै गायक रामेश समसामयीक अवस्थाबारे खरो रुपमा प्रस्तुत हुन्छन् ।

उनले भन्न खोजेको सार उहि थियो कि,प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक सासनव्यवस्थालाई जनताको शासनव्यवस्थाको आभास दिने,संविधानलाई सर्वस्विकार्यता बनाउदै नेपालको मौलिकता,संस्कृति,कला,साहित्यको सम्बर्धन गर्दै मुलुकको विकास र भेदभाव उन्मुलन गर्नुपर्ने भन्ने नै हो ।

गणतान्त्रिक मुलुकका भूकम्पपिडित ।
भूकम्प भएको २ बर्ष बित्नलाग्दा समेत सरकारले घर बनाउन दिने भनेको रकम उपलव्ध नगराउदा धेरै भूकम्पपिडित जनता छानोविहिन छन् । २ सिजन गर्मीयाम,बर्षाझरी र २ सिजन जाडो कटाइसकेका भूकम्पपिडित जनतामा आशा अरु केहिको छैन । सुरक्षित आवास निर्माण नै उनिहरुको मुख्य प्राथमिकता देखिन्छ । प्रभावित क्षेत्रका बालबालिका तथा बृद्धबृद्धा बढि प्रभावित हुदै आएका छन् । कहिले चिसो त कहिले झरीबर्षा र गर्मीसँग मुकाविला गर्दै,कतिपय कुपोषणको सिकार बन्दै त कतिपय विभिन्न रोगसँग लड्दै जीवन बिताइरहेका छन् । नजिकैका सरकारी कार्यालय र प्रशासनमा पुग्दा बोर्ड तथा पुस्तकहरुमा संघिय,लोकतन्त्र,गणतन्त्र,संविधान या पूर्नसंरचना यस्तै यस्तै शब्द सजिएका पुस्तकहरु वा बोर्डहरु हेर्न पाइन्छ । तर,कतिपय भूकम्पपिडित गाँस ,बास र कपासजस्तो मानवका आधारभूत आवश्यक्ता प्राप्तीकै लागि पसिना बगाइरहेका छन् । यो भूकम्पपिडित जनताको मात्र नभई धेरै विकट क्षेत्र तथा विपन्न वर्गका जनताको वास्तविकता हो ।

खै बर्गीय खाडल पुरिएको ?
बर्गसंघर्ष भन्ने शब्द नेपालका विशेषगरी कम्युनिष्टले धेरै प्रयोग गर्दै आए । अहिले एक धर्को कपडा र एक छाक माम आफ्ना नानीबाबुहरुलाई दिलाउन तथा हलो जोत्ने एक चप्परी जमिन किन्ने आश बोकेर हजारौँ नेपाली युवाहरु विदेशको जोखिमपूर्ण यात्रा र रोजगारीको बाटो रोजिरहेका छन् । धेरै सपना उतै टुटेका छन् भने धेरै युवा मानसिक तनाव तथा शारीरिक शोषणमा परेका छन् । युवा विदेशीएपछि नेपालमा सामाजिक विचलन् देखिरहेको छ ।
तर,
अर्कोतर्फ नेपालभित्रै को भन्दा को कम ? भन्दै दैनिक हजारौँ तथा मासिक लाखौँ कमाउनेहरु पनि छन् । कोहि दुईनम्बरी काम गरेर,कोहिले कुनै न कुनै हिसावबाट ढाँटेर,छलेर वा अर्काको हानी पु¥याएर कमाउनेहरु पनि धेरै छन् । उनै नेताहरु,जसले सर्वसाधारणको भिड बटुलेर जिन्दाबाद र मुर्दावाद भन्दै लोकतान्त्रिक मुलुकको सासनव्यवस्थामा पुगेका छन्,उनीहरुले आर्थिक असमान हटाउन अर्थात गरिब जनताको पक्षमा लोभलाग्दा कार्यक्रम ल्याउनभन्दा पनि धनाड्यहरुसँगकै साँठगाठ बढाएका छन् । जसले गर्दा नेता र सामान्य जनताबिचको आर्थिक स्थितीको दुरी निकै बढ्दै गइरहेको छ । यो मुलुकको हितमा कदापी हुनसक्दैन । यसर्थ मुलुक बनाउन अब युवाहरुले कसैको चाकडी नगरी स्वाभिमानका साथ आफ्ना अधिकार स्थापित गराउनै पर्छ ।
यस परिस्थितिमा उनै जनवादी गायक रामेशहरुकै एउटा गीत सम्झन मन लाग्छ –

तिमी देउ तिम्रा हातहरु
म दिन्छु मेरा हातहरु
आउ मिलाऔँ हाम्रा हातहरु ।।


प्रतिक्रिया

सम्बन्धित समाचार