काठमाडौँ, १६ माघ ।
सञ्चरकर्मी ईश्वरी बरालको पहिलो आधुनिक गित लभ पर्न सक्छ बजारमा आएको छ । नेपालकै पहिलो एफ नेटवर्क नेपाल एफ एममा कार्यरत बरालको गितमा डाक्टर कृष्णहरि बरालको शब्द तथा गैरे सुरेशको संगित रहेको छ ।
नेपाली गित संगितको क्षेत्रमा आफ्नो आवाजले कस्तो स्थान बनाउँछ भन्ने आंकलन गर्न नसकेपनि, चर्चित गजलकार कृष्णहरी बरालको शब्द तथा गैरे सुरेशको संगितमा आफूले पहिलो गित गाउँन पाउँदा निकै खुसी र सन्तुष्ट रहेको गायिका बरालको भनाई छ ।
सञ्चारको क्षेत्रमा जसरी स्रोताको माया पाएकी छु, त्यस्तै माया नेपाली संगितको क्षेत्रमा पनि त्यस्तै माया र साथ पाउँने बरालको बिश्वास छ । गित गाउने आफ्नो सानै देखिको सपना पूरा भएको र अब नेपाली गितसंगितको श्रीबृद्धिमा लाग्ने गायिका बरालको प्रण छ ।
