सरकार चुनावको मिति घोषणाको तयारीमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १६ आइतवार १२:०६ बजे

सरकार चुनावको मिति घोषणाको तयारीमा

काठमाडौं, १६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच स्थानीय तह निर्वाचनको मिति घोषणा समबन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले आउदो वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेकाले कुनै हालतमा चुनाव हुनुपर्ने बताउनुभयो ।

सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई अघि बढाउने बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार