जनआन्दोलनका घाइतेहरुको सरकारलाई खुल्लापत्र


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १५ शनिवार ०९:५५ बजे

जनआन्दोलनका घाइतेहरुको सरकारलाई खुल्लापत्र

काठमाण्डौ

१५ माघ ।

सबै मिडियाले आज माघ १६ गते अर्थात सहिद दिवस । सहिदहरुले…….. यस्तै यस्तै समाचार बनाएर प्राथमिकताका साथ प्रकाशन प्रशारण गर्न यो लेखिरहँदा अब एक दिन बाँकी छ । हरेक बर्ष माघको १६ गते ज्ञात अज्ञात सहिदहरुको सम्झनामा सहिद दिवस मनाईन्छ र भोलिपल्टदेखि एकबर्षसम्म ढुक्क ।
हुन त,सहिदको सम्झनामा हरेक दिन रोईकराई गर्नु भन्ने पनि होइन । तर,मुलुक परिवर्तनका लागि विभिन्न चरणमा भएका आन्दोलनमा ज्यान गुमाएकाहरुको विशेष सम्झनामा शहिद दिवस केन्द्रित हुन्छ । आज हामी शहिदहरुको भन्दापनि जिउँदा शहिदहरुको बढि चर्चा गर्दैछौँ ।

sahid

शहिद दिवसमा विशेष सम्झनामा आउनेहरु ।

राणा शासनविरुद्ध गतिविधि गरेको आरोपमा चार जनालाई विं स. १९९७ सालमा तत्कालिन राणाशासनका मालिकहरुले मृत्युदण्ड दिए ।
१. शुक्रराज शास्त्री
उनलाई वि.स. १९९७ साल माघ १० गते मध्यरातमा काठमाण्डौको पचलीमा एउटा बकाइनोको रुखमा झुण्ड्याएर हत्या गरियो ।
२. धर्मभक्त माथेमा
शहिद धर्मभक्त माथेमालाई वि.सं १९९७ माघ १३ गते सिफलमा फाँसी दिइयो ।
३.दशरथ चन्द
१९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे ।
४.गंगालाल श्रेष्ठ
१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरे ।

यी चारजना शहिदहरु पूरानो हुदै गएपनि उस्तै ताजा र जीवन्त भएर शहिद दिवसमा उभिन्छन् । त्यसपछि मुलुकको परिवर्तनले निकै फड्को मारिसकेको छ । उनै ४ जनाको त्याग र समर्पणले जहाँनिया राणाशासन हटाउन आम मानिसलाई पे्ररित ग¥यो । फलस्वरुप राणाशासन हट्यो । त्यसपछि हरेक परिवर्तनमा ज्यान गुमाउनेहरुलाई पनि शहिदको सुचीमा राखियो र नेपालको वास्तविक शहिद संख्या कति ? र को को ? भन्ने अन्यौलता त छदैछ । अब त हुँदाहुँदा कुनै दुर्घट्ना वा अन्य कारणले ज्यान गुमाएकाहरुलाई पनि शहिद घोषणा गरिनुपर्छ भन्ने आवाज उठेर शहिद शव्दको अवमूल्यन हुदै आएको छ । २००७ साल,४६ साल,६२÷६३ साल होस् वा अन्य आन्दोलनमा मुलुकको शासनव्यवस्था र भइरहेको निरंकुश सासनविरुद्ध आवाज उठाउदा जीवन उत्सर्ग गरेकाहरुलाई शहिद भनिएपनि कुहिरोको कागजस्तो अलमलमा पारिएको छ ।

जीउँदा शहिद
वि.सं. २०६२÷६३ सालको जनआन्दोलनमा पनि २१ जनाको मृत्यु भयो र शहिद घोषणा गरियो । त्यसबेला निर्मम यातना र प्रहारबाट बाँचेका तर धेरै नै अशक्त भएका मुकेश कायस्थ, विष्णुलाल महर्जनलाई जिउँदा शहिद भनेर चिनिन्छ । अन्य अर्थ लाग्दैन भने उनीहरुबाहेक सोहि आन्दोलन या पटक पटकको आन्दोलनमा सरिक भई घाइते भएर कुनै न कुनै रुपमा अशक्त भएकाहरु जति छन्,उनीहरु पनि जिउँदा शहिद हुन् । मुलुकमा गणतन्त्र आएपनि संघिय लोकतान्त्रिक संविधान नै अन्यौलमा पर्नु र शासनसत्ताका लागि नेताहरुले हारालुछ गरेकोप्रति उनीहरु आक्रोसित र पीडित बनेका छन् । अर्कोतर्फ सरकारले जनआन्दोलनका घाइतेहरुलाई बेवास्ता गरेको पनि उनीहरुको गुनासो छ ।

जनआन्दोलन २०६२÷६३ को आन्दोलनमा सरिक भई घाइते भएर बाँचेका केहिको प्रतिनिधिमुलक आवाज ।

आशिस नेपाल
सचिव
ऐतिहासिक जनआन्दोलन घाइते पिडित समाज ।

Asis Nepal

नेपालमा सामन्तीहरुको बर्षौदेखिको राजलाई हटाउन धेरै आन्दोलनहरु भए र फलस्वरुप सामन्ती शासनव्यवस्था फालियो । जनयुद्ध र जनआन्दोलनले परिवर्तन आएपनि नेताहरुले परिवर्तनलाई संस्थागत गर्न सकेनन् । घाइते,शहिदका परिवारको मर्मलाई सरकारले बुझ्न सकेको छैन । घाइतेहरुप्रति सम्मान गर्न चुकेको छ सरकार । हामी जनआन्दोलनका घाइतेहरुको घाउमा अझ नुनचुक छर्ने काम भएको छ । जसले गर्दा मुलुकमा अर्को जनआन्दोलन नहोला भन्न सकिन्न । नयाँ संविधानमा सरकारले हामीलाई कतैपनि सम्बोधन गरेन । हाम्रो पहिचानबारे कुनै राजनीतिक दलले आवाज उठाएका छैनन् । राष्ट्र बचाउन फेरिपनि हामी आन्दोलित हुनुपर्ने अवस्था आउन लागेको अनुभूति हुन्छ । २०६२÷६३ सालपछि हामीले कुनैपनि प्रधानमन्त्रीलाई भेट्न पाएका छैनौँ । हामीसँग उनीहरुको भेट्ने फुर्सदै छैन । हामीलाई परिचयपत्र दिइएको छैन । हाम्रा परिवार,वालवालिकाले उचित शिक्षादिक्षा पाउन सकेका छैनन् । म सरकारलाई भन्न चाहन्छु बरु हामीलाई सम्मान चाहिएन तर राज्य बचाउन र परिवर्तनका उपलव्धी संस्थागत गर्नेतर्फ लाग्नुस् । जो व्यक्ति मातृभूमिप्रति इमानदार बन्दैन उसको पतन निश्चित छ, नेताहरुले हेक्का राखुन् ।

नन्द प्रसाद रुपाखेती
कोषाध्यक्ष
ऐतिहासिक जनआन्दोलन घाइते पिडित समाज ।

Nanda prasad rupakheti

विं सं. २०६२ साल चैत २४ गतेदेखि जनआन्दोलनको शंखघोष भयो । त्यसदेखि नै म सरिक भएको हुँ । त्यसबेला काठमाण्डौ उपत्यकाका बासिन्दाले भन्दा बढि गाउँगाउँबाट पैदल हिडेर,खाली खुट्टा आएकाहरुले परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे । तत्कालिन सरकार र शासनव्यवस्था मातहतको प्रहरी दमन असह्य त छदैथियो । निन्दनीय पनि थियो । आन्दोलनको १७ औ दिन म घाइते भएको हुँ । प्रहरीको लाठी प्रहारबाट म बेहोस भएँ र केहिदिन अस्पताल भर्ना भएँ । मैले अस्पतालको शैयाबाट लोकतन्त्र प्राप्ती भएको र राजतन्त्रले घुँडा टेकेको खबर सुनेको हो । शहिद दिवसको दिन माला लगाउदैमा,ताली पड्काउदैमा शहिदप्रति उचित सम्मान हुदैन । हामी जनआन्दोलनका घाइतेहरुसँग समेत सरसल्लाह र परामर्श गरेर सरकारले शहिद दिवस मनाउनुपर्छ । राज्यले शहिदहरुको खेती गरेको छ । शहिद परिवारप्रति सरकार कत्तिको जिम्मेवार छ ? भन्ने प्रश्न अझै ताजै छ । छालाको जुत्ता लगाएर हाम्रा नेताहरु, हाम्रा परिवर्तित मुलुकका मन्त्रीहरु शहिदप्रति माल्र्यापण गर्छन् । यो अति निन्दनीय हो । जनआन्दोलनका घाइतेहरुको परिवार,छोराछोरी कष्टमा छन् । जीवन चलाउन गाह्रो छ । हामी घाइतेमध्ये कतिपयले त मागेर नै खानुपर्ने अवस्था आइसक्यो ।

गणतन्त्र ल्याउन हामीले टाउको फुटायौँ । गाली,लाठीमुङ्ग्रा खायौँ । शहिद दिवस वास्तवमै मनाउने हो भने शहिद तथा घाइतेका परिवारहरुसँग खुसी साटासाट गर्न सकोस् सरकारले । जनआन्दोलनले दिएको उपहारलाई सरकारले नकुल्चियोस् । गणतन्त्र हामीले ल्याएको उपहार हो । नयाँ संविधानमा शहिद,घाइते तथा पीडितहरुको आवाज सम्बोधन हुनुपर्छ । नेताहरुलाई राज्यकोषमाथी ब्रम्हलुट गर्ने अधिकार छैन । व्यक्तिको लागि ढुकुटी रित्याउन पाइन्न । रायमाझी आयोगले दोषी ठहराएकाहरु क्रमैसँग बढुवा हुदै आएका छन् । उनीहरुलाई कारबाही भएको हेर्न चाहने हाम्रो इच्छा अधुँरो रह्यो । यो दुःखद हो ।

शहिद दिवसको दिनमात्रै यसो र उसो गर्नुपर्छ भन्ने परम्परालाई तोड्दै यी आवाजहरु हामीले एकदिन अगावै तपाईहरुलाई स्मरण गराएका हौँ । यो आवाज सिंहदरबार र बालुवाटार सबैले सुन्न आवश्यक छ । मुलुक परिवर्तनका लागि अहम भूमिका निर्वाह गरेका सबैप्रति सम्मान गर्नु नै राज्य सफल हुनु हो । राज्य सफल बनाउन सरकारको प्रमुख भूमिका हुन्छ । राज्यमाथी कुल्चिएर एकै बर्षमा एकभन्दा बढि सरकार परिवर्तन गराउदै सत्ताको डाडु पनिउँ खोसाखोस गर्ने दलीय प्रवृत्ति निश्चित छ, परिर्वत भएन र सुधारिएन भने फेरि अर्को सकस मुलुकले बेहोर्नुपर्नेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार