धादिङ, १४ माघ ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले निर्वाचनमा सबैको समान सहभागिताका लागि नै संविधान संशोधन प्रस्ताव पेस गरिएकाले यसबाट छिट्टै निकास निस्किने बताउनुभएको छ
प्रेस सेन्टर धादिङशाखाले आज धादिङबेँसीमा गरेको पत्रकार भेटघाटमा उहाँले तोकिएकै समयसीमाभित्र निर्वाचन पनि गर्न पनि दृढ रहेको उल्लेख गर्नुभयो ।
यसअघि जिविसले आयोजना गरेको कार्यक्रममा विकास निर्माणको काम समयमै पूरा गर्न र निर्वाचनका लागि तयार रहन स्थानीय निकायका कर्मचारीलाई मन्त्री पाण्ेले निर्देशनसमेत दिनुभएको थियो ।
स्थानीय विकास अधिकारी जीवलाल भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख इन्जिनियर भरतराज अर्यालले जिविसको विकास निर्माणको प्रगति विवरण र नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाईंले नगरपालिकाको प्रगति विवरण पेस गर्नुभएको थियो । रासस
