संविधान संशोधन प्रस्ताव मतदान प्रक्रिया लैजान दिन्नौ : पोखरेल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ ११ मंगलवार १०:४२ बजे

संविधान संशोधन प्रस्ताव मतदान प्रक्रिया लैजान दिन्नौ : पोखरेल

कास्की, ११ माघ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिको हित विपरीतको संबिधान संशोधन प्रस्तावलाई संसद्मा मतदान प्रक्रियामै लैजान नदिने बताउनुभएको छ । प्रेस चौतारी कास्कीले मङ्गलबार बिहान गरेको कार्यक्रममा महासचिव पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताउनुभयो ।

सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अन्य प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई महासचिब पोखरेलको चुनौती छ । हिजो संविधान च्यात्छौँ, जलाउँछाँै र मान्दै मान्दैनाँै भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उहाँले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार