काठमाडौँ,
१ माघ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले समावेशी ढङ्गले उच्च अदालतका ८० न्यायाधीश नियुक्त गरेको बताउनुभएको छ ।
परिषद्का सदस्य नायकले रासससँग कुरा गर्दै २५ कानुन व्यवसायीमध्ये अतिरिक्त न्यायाधीशसहित छ महिला, आठ जनजाति, पाँच मधेसी, दुई कर्णाली तथा एक एक थारु र मुसलमान समावेश गरी समानुपातिक समावेशिताको सन्देश दिन खोजिएको बताउनुभयो ।
बिहीबार राति न्यायपरिषद्को सिफारिसमा नियुक्त उच्च अदालतका न्यायाधीशको कार्य विभाजनसमेत भइसकेको छ । रासस
प्रतिक्रिया
सम्बन्धित समाचार
