पृथ्वी जयन्ती र हाम्रो मानसिकता– काँडाको जवाफ काँडा नै भएपछि लोकतन्त्र धरापमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २७ बुधवार ०८:५८ बजे

पृथ्वी जयन्ती र हाम्रो मानसिकता– काँडाको जवाफ काँडा नै भएपछि लोकतन्त्र धरापमा

–कृष्ण कट्टेल
२७ पौष, काठमाण्डौ ।

जुनसुकै विद्धान,दार्शनिक वा इतिहासविदले जे जस्तो भट्याएपनि नेपालको एकिकरण गर्ने शोषक नै भनौँ वा राष्ट्रपिता, उनै पृथ्वीनारायण शाह हुन् ।
लोकतन्त्रको फाइदा उठाउदै जानीनजानी जे पायो त्यहि बोल्न जसरी तपाईँ हामीले पाएका छौँ । त्यो भोलिको जिम्मेवार र वौद्धिक हाम्रा सन्तानहरुले लोकतन्त्रको स्वाद नपाउलान् कि भन्ने डर पैदा भइसकेको छ । सोच्नुपर्ने कुरा यो हो कि, पृथ्वीनारायणले एकपछि अर्को राज्यमाथी आक्रमण गर्दै एकिकरण नगरेका भए तपाईँ हामी टोपीजस्तो छुट्टाछुट्टै राज्यका जनता पक्कै हुने थिएनौँ । कोहि दक्षिण त कोहि उत्तरका शक्तिशाली देशभित्रका दोस्रो दर्जाका नागरिक हुनेथियौँ । किनकी, त्यसबेला अशिक्षित,अदुरदर्शी,गरिबीले आक्रान्त र अविकसित समाजमा पृथ्वीनारायणले बटुलेको साहस अद्धितीय हो । त्यहिँ भएर पृथ्वीनारायणले जोगाइदिएको एकिकृत भूमिमाथी अहिले फुर्सदिला बनेका हामी माटोको निम्ती र मुलुक जोगाउनेतर्फ लड्नु नपरेकाले पुराना पानाहरु पल्टाएर यसो र उसो भनेर बेस्वादिला गफ ओकलिरहेका छौँ ।

13335845_1189064804458568_5460363660138044007_n
सत्य यो हो, पृथ्वीनारायण पछिका पुस्तादेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मका उनका सन्तानहरुले राजसंस्थामा रहेर मात्तिएकै हुन्,राजा बन्नुको सट्टा सामन्ती शैली अवलम्बन गरेकै हुन् कतिपयले । निरंकुश सासनको विरोध गर्नु महानता भएपनि इतिहासका गौरबशाली व्यक्तिमाथी औँला उठाउनु कमजोरी हो । पृथ्वीनारायण शाह जातले क्षेत्री हुन्, उनले त्यसबेला क्षेत्री,बाहुन,नेवार,किरात वा जुनसुकै जातका शासकले सासन गरिरहेको टुक्रा टुक्रा भूगोललाई एकिकरण गरेका हुन् ,कुनै जातविशेषले पक्षपात गरेका होइनन् । अहिले त्यो भाग किरातीको राज्य थियो रे त्यो भाग मगरको त्यो भाग नेवारको त्यो बाहुन त्यो क्षेत्री वा कसै कसैको थियो रे,आखिर खाइदिने त त्यहि पृथ्वीनारायण रहेछ नि भन्ने संकुचित मानसिकता कतै छ भने त्यो आफ्नै लागी बौद्धिकताघातक रोग हो । मैले माथी नै भनिसकेँ कि, हामी यसरी सार्वभौमसत्तासम्पन्न,अखण्ड नेपाल,लोकतान्त्रिक मुलुकका नागरिक भनेर भन्नुको पछाडि पृथ्वीनारायण शाहकै देन हो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले दलहरुलाई अपदस्थ गरी सासनसत्ता हातमा लिएपछि रन्थनिएर दिल्ली दौडिएका तत्कालिन सात दलले १० बर्षदेखि युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई पट्याएर शक्ति प्रर्दशन गरे र अन्ततः पृथ्वीनारायणका पुस्तालाई सत्ताविहिन बनाए । त्यो नाजायज थिएन । परिवर्तित समय,संसार र चेतनास्तरले पनि सामन्ती सत्ता वा निरंकुशता नस्विकार्नु स्वभाविक र आवश्यक नै हो । तर, गणतन्त्र आइसकेपछि राजसंस्था र उसले गरेका कतिपय राम्रै गतिविधिलाई पनि जस्तालाई त्यस्तै भनेझैँ व्यवहार गरियो । काँडाले घोचेकाहरुलाई काँडाले नै घोचियो तर झनै जोडजोडले । जस्तो कि, पृथ्वी जयन्तीको दिन दिदै आइएको सार्वजनिक बिदा हटाइनु आदि आदि । झापड हान्नेलाई झापड नै हान्नु लोकतन्त्र होइन,उचित कारबाही गर्नु लोकतन्त्र हो । तर मुलुकको राजनीतिक संक्रमण टुंगाउन नसकेर जनताकै नजरबाट गिर्दै गएका दलहरुले एक झापड हान्नेलाई दुई झापड हान्ने प्रवृत्ति देखाइरहेका छन् । जसले राजनीतिक दल र त्यसका नेताहरुलाई मात्र होइन ,जनताले रगत बगाएर ल्याएको गणतन्त्रलाई नै धरापमा पारिरहेको छ ।

अबपनि राजनीतिक दलहरुले जनतालाई जनताकै सासनको अनुभूति दिलाउन नसके र प्राप्त उपलव्धी समयसिमाभित्रै संस्थागत गर्न नसके जनताको आस्थाको धार अर्कैतर्फ परिवर्तन हुनेछ । जून क्रम सुरु भइसकेको छ र झनै बढ्नेछ । जनताको धार अन्तै मोडिनु भनेको लोकतन्त्रमा खिया लाग्नु र जारी भएको संघिय संविधानको औचित्य सकिदै जानु हो । यसर्थ जनताको आस्था र आफुप्रतिको आशा जिवितै राख्न दलहरुसँग अब एकदमै छोटो समय छ । यो समयलाई बुझ्न नसके यी राजनीतिक दल र नेताहरु इतिहासमा कलंकित ठहरिने छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार