पूर्वराजा ज्ञानेन्द्रको अर्को नयाँ उद्घोष–नारायणहिटी राजदरबार छोड्दैमा सबै छोड्यो नभन्नु !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २६ मंगलवार १८:२८ बजे

पूर्वराजा ज्ञानेन्द्रको अर्को नयाँ उद्घोष–नारायणहिटी राजदरबार छोड्दैमा सबै छोड्यो नभन्नु !

२६ पौष,
काठमाण्डौ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको उपलक्ष्यमा मंगलबार वक्तव्य जारी गर्दै देशको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा मुलुक उभिएको उल्लेख गरेका छन् ।

nepal-exking-gyenendra-shaha_-5874c2823e22e0-83672074
पुस २७ गते मनाउन लागिएको पृथ्वी जयन्तीको उपलक्ष्यमा विज्ञप्ती निकाल्दै शाहले नारायणहिटी राजदरबारबाट आफूहरु बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने त परै जाओस्, देश नै बच्ने हो कि होइन भन्ने चिन्ता रहेको बताएका छन् । उनले भनेका छन् । नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यो मुलुकमा हामी तत्कालीन परिस्थिति समेतलाई दृष्टिगत गरी बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं । शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर आफूले नारायणहिटी राजदरबार छाडेको तर, राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको उल्लेख गरेका छन् ।

ज्ञानेन्द्रीय विज्ञप्ती यसभित्र !

prithivi-jayanti


प्रतिक्रिया

सम्बन्धित समाचार