मधेसवादी दलमा आर्थिक संकट स् कार्यालय नेताकै घरमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २० बुधवार ०६:५४ बजे

मधेसवादी दलमा आर्थिक संकट स् कार्यालय नेताकै घरमा

पुस २०
काठमाडौं ।

लामो समयसम्म सरकारमा नगएको मधेसी दल आर्थिक संकटमा परेका छन् ।आर्थिक संकटकै कारण केहि दलले पार्टी कार्यालय नेताकै घरमा सारेका छन्, भने केहिले पार्टी कार्यालय राखेको घरको भाडा तिर्न सकेका छैनन् ।

राजकिशोरले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रिय कार्यालय काठमाडौंको बिजुलीबजारबाट गौरीघाटस्थित उनकै घरमा सरेको छ । यसअघि फोरम गणतान्त्रिकको अफिस ३ पटक सरिसकेको छ । यो खबर आजको नागरिकमा छ ।शरत्सिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टी कार्यालय पनि पाँचपटक सरिसकेको छ । आर्थिक संकटकै कारण कार्यालय सार्नुपरेको पार्टीका नेताहरु बताउँछन् । यो पार्टीले हाल मासिक २१ हजार भाडा बुझाउँछ ।

madheshi-morcha

महेन्द्र यादवले नेतृत्व गरेको तराइ मधेस सद्भावना पार्टीले तीन महिनादेखि पार्टी कार्यालयको भाडा तिर्न सकेको छैन । पार्टी एकिकरणपछि पनि नयाँ साइनबोर्ड बनाउने पैसा नभएर कार्यालयमा लामो समयसम्म पुरानै नाम झुन्ड्याइएको थियो । विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि अहिले आर्थिक संकटमा छ । सानेपाबाट तीनकुनेमा पार्टी कार्यालय सरेको छ ।

राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीले १० बर्षदेखि पार्टी कार्यालय सारेको छैन । तर बानेश्वरको पार्टी कार्यालयलाइ कुनै बेला सम्पर्क कार्यालय बनाइएको हुन्छ भने कुनै बेला केन्द्रिय कार्यालय ।


प्रतिक्रिया

सम्बन्धित समाचार