काठमाडौँ, १३ पुस ।
संविधान संशोधन विरुद्ध नेकपा एमालेले पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।
सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी रहेको निष्कर्षसहित संसोधन प्रस्तावको विपक्षमा रहेका नेकपा (एमाले) सहितका ९ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
उक्त विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बुधबारको बैठकले आफ्ना उपत्यकामा रहेका सबै सदस्य सडकमा उतार्ने योजना बनाएको हो । उपत्यकामा एमालेका ५० हजार सदस्य रहेको बताइन्छ । रासस
