काठमाडौं, १० पुस ।
नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन बिधेयक थाती राखेर तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार विहान बसेको पदाधिकारी बैठकले सरकारलाई सुझाएका हुँन ।
बैठकले स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बताउनुभयो ।
उहाले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले संशोधन बिधेयक थाति राख्नु उपयुक्त हुने बताउनुभयो ।
