सरकार छटपटिदै,विपक्षी उफ्रिदै,मधेसी मोर्चाको कन्सिरी तान्दै, पूर्वराजा खुच्चिङ गर्दै,लोकमानलाई कालोमोसो !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ८ शुक्रवार ०९:२७ बजे

सरकार छटपटिदै,विपक्षी उफ्रिदै,मधेसी मोर्चाको कन्सिरी तान्दै, पूर्वराजा खुच्चिङ गर्दै,लोकमानलाई कालोमोसो !

– कृष्ण कट्टेल

काठमाण्डौ
८ पुस ।

नेपालको राजनीतिमा अहिले अचम्मका यी घट्ना उन्पन्न भएका छन्

नम्बर १. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध कालोमोसो दलिनु ।
नम्बर २. कालोमोसो उपहार पाएका लोकमानसिंह कार्कीले आक्रोसित हुदै भटाभट मनभित्रको बिचारको गुजुल्टो ओकल्नु । उनले धेरै नेताको नालीबेली आफूलाई थाहा भएको भन्दै बेला आएपछि नेताहरुको कर्तुत जनताको नाममा अर्पण गर्ने बताए ।
नम्बर ३. पूर्वराजा ज्ञानेन्द्र शाहले बेला न कुवेला विज्ञप्ती जारी गर्दै मनको बह पोख्नु । किनकी यसअघि पूर्वराजाले कुनै चाडपर्व,ठूलै मेलामहोत्सवको बेला,मौकामा चौका हानेझै विज्ञप्ती निकाल्थे ।
नम्बर ४. ज्ञानेन्द्र शाहको विज्ञप्तीप्रति नेतामात्रै नभई सरकार नै थर्कमान हुनु । किनकी पूर्वराजाको विज्ञप्ती आएको भोलिपल्टै सरकारले दरबार हत्याकाण्डको प्रतिवेदन खोज्नु ।

यी राजनीतिक परिदृष्य पढिरहँदा आखिर एकैक्षण रमाइलो लागेपनि घाटा सर्वसाधारणलाई नै हो । किनकी राजनेताबिनाको राजनीतिमा यस्तै हुन्छ । यसो हुनु भनेको मुलुक कमजोर बन्दै जानु हो । आन्तरिक शक्ति क्षीण हुनु हो ।
स्पष्ट यो छ कि,माथीका सबै घट्नाक्रम सत्ताको लडाईँ हो । कुर्सी मोह हो अनि सबै पानीमाथीको ओभानो हुन खोज्नु हो । जसको असर पनि सर्वसाधारणलाई नै पर्छ ।

 

13335845_1189064804458568_5460363660138044007_n
कार्कीको मुखका कालोमोसो ।

आफूविरुद्ध दायर पुनरावलोकन मुद्दामा तारिख बुझ्न सर्वोच्च अदालत पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि अदालतको मुद्दा फाँटभित्रै कालोमोसो दलेर दुव्र्यवहार गरिएको हो ।
विप्लव नेतृत्वको नेकपा (माओवादी) ले उपत्यका बन्द राखेका कारण उच्च सुरक्षा घेराबीच सर्वोच्च पुगेका कार्कीमाथि भएको दुव्र्यवहारका कारण न्यायपालिकाको सुरक्षा व्यवस्थाप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ । कार्कीलाई दिउँसो सवा चार बजे कालोमोसो दलिएको थियो । विप्लव माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढाले कार्कीमाथि हातपात गर्दै कालोमोसो दलेका हुन् । उक्त घटनाको जिम्मा विप्लव माओवादीले लिएको छ ।
सर्वोच्चको आठ नम्बर फाँटमा पुगेर तारिखमा हस्ताक्षर गर्दै गर्दा पछिबाट मोसो दलिएको थियो ।

यसरी उफ्रिए कार्की ।
आफूमाथि भएको दुव्र्यवहारपछि अख्यिारका निलम्बित प्रमुख कार्कीले आफ्नो कर्तव्य निर्वाह गरेबापत दण्डित हुनुपर्ने अवस्था आएको बताउँदै भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपरे त्यसबेला कैयन सीमाहरू भत्कन सक्ने चेतावनी दिएका छन् ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रूपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध र्पुयाइन्छ भने सचेत नेपाली नागरिकका रूपमा भ्रष्टाचारविरुद्धको अभियान चलाउनु मेरो स्वाभाविक कर्म हुनेछ’, कार्कीद्वारा जारी अपिलमा भनिएको छ, ‘त्यसबेला कतिको शरीरमा वस्त्र बाँकी रहला, समयले नै बताउनेछ ।’
आफूले राष्ट्रसेवकका रूपमा देश र जनताको सेवामा समर्पित भई कार्य गरिरहँदा विगतदेखि विभिन्न अवरोध र चुनौतीको सामना गर्नुपरेको पनि बताएका छन् ।

सातोपुत्लो उडेको सरकार ।
तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी हत्या भएको १५ वर्षपछि बिहीबार मन्त्रिपरिषद् बैठमा उक्त हत्याकाण्डको छानबिन प्रतिवेदन खोजी भएको छ ।
बाह्यशक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरू हावी गराएको, स्थायी सत्ता र लौकिक सत्ता धुमिल पारिएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेको भोलिपल्ट बिहीबार सरकारले ०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डको प्रतिवेदन खोजेको हो ।
संसद पनि बिचरा ।
यी परिस्थितीले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा अलपत्र छ । अर्कोतिर सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक निल्नु न ओकल्नु भएको छ । विपक्षी दलहरु सडक र संसदमा उफ्रिरहेका छन् । सरकार संविधान संशोधन,निर्वाचन तथा आफ्नै घर्किदै गएको आयु सम्झेर तनावमा छ । मधेसी मोर्चा कागलाई बेल पाक्यो हर्ष न विस्मातको अवस्थामा रहेपनि एमालेको रणनीति देखेर कन्सिरी तताईरहेका छन् । पूर्वराजा बेला बेलामा मुण्टो उठाएर नेताहरुको झगडा देखेर खुच्चिङ गर्दैछन् । यो परिस्थिती टुलुटुलु हेरिरहेका नेपाली जनता भने उनै लौहपुरुष गणेशमान सिंहको भनाई सम्झिरहेका छन् ‘नेपाली जनता भेडा हुन् ।’


प्रतिक्रिया

सम्बन्धित समाचार