हाम्रो आन्दोलन जारी छ भन्दै सडक ठटाएको १८ दिन कट्दा पनि माखो मरेन !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २ शनिवार १७:५९ बजे

हाम्रो आन्दोलन जारी छ भन्दै सडक ठटाएको १८ दिन कट्दा पनि माखो मरेन !

काठमाण्डौ
पुस २

सरकारले संविधान संशोधन विधेयकमार्फत ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा सो प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा १८ दिनदेखि आन्दोलन जारी छ । सरकारले आफुहरुको माग सुनुवाई नगरेको भन्दै आन्दोलनकारीले हिजोबाट पाँच नम्बर प्रदेशमा आमहड्तालको घोषणा गरेका छन् ।

जसका कारण पाँच नम्बर प्रदेशअन्तर्गत पर्ने रुपन्देही, पाल्पा, गुल्मी, कपिलबस्तुलगायतका जिल्लामा शैक्षिक संस्था, बजार, कलकारखाना, उद्योगधन्दा र यातायात बन्द भएका छन् । बन्दको समय लम्बिदै जाँदा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
उता,संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनको १८ औँ दिन आज पनि गुल्मीमा आन्दोलनकारीले जिल्ला बन्दको आह्वान गरी प्रदर्शन गर्ने तयारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा तालाबन्दी गरेका प्रदर्शनकारीले आज पनि सरकारी कार्यालय अगाडी पुगेर बिहानैदेखि नाराबाजी गर्न सुरु गरेका छन् । शैक्षिक संस्था भने खोल्न दिने बताएका उनीहरुले हिजोबाट शैक्षिक संस्थापनि बन्द गराएका छन् । यसअघि हिजो सरकारी कार्यालयमा ताला बन्दी गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो । झडपमा सांसद कमला विश्वकर्मासहित दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । यसैगरी सरकारले संविधान संशोधन विधेयकमार्फत ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा पाल्पामा हिजो आह्वान गरिएको आमहड्ताल आज पनि जारी छ । सरकारले संविधान सशोधन विधयेक दर्ता गरेको भोलीपल्टै अर्थात मंसिर १५ गतेदेखि निरन्तर आन्दोलनमा उत्रिएका पाल्पाका राजनीतिक दलले हिजोबाट ४८ घण्टे आम हड्ताल घोषणा गरेका हुन् ।
संविधान संशोधन प्रस्तावका विरुद्ध गरिएको रुपेन्देही बन्दमा एम्बुलेन्स र रिक्सा चल्नमा समेत रोक लगाइएको छ । बन्दकर्ताले सडकमा गुडिरहेको एम्बुलेन्सलाई रोकेर हावा फुस्काएदिएपछि सर्वसाधारण र विरामी मर्कामा परेका हुन । देवदह मेडिकल कलेज देवदहमा कार्यरत डाक्टरहरुलाई अस्पतालमा लैजाने क्रममा बन्दकर्ताले अस्पतालाइनबाट चांदबारी जानेबाटोमा मेडिकल कलेजको लु १ च ३४४९ नम्बरको एम्बुलेन्सको हावा फुस्काई दिएका हुन । जसका कारण डाक्टरहरु अस्पताल जान पाएका छैनन । बुटवलकै राजमार्ग चौराहा, मिलनचोक र अस्पताल लाईनमा आन्दोलनकारीले दर्जनौं रिक्साको समेत हावा फुस्काई दिएका छन् । बन्दकर्ताहरु बुटवलको रामार्ग चौराहामा टेन्ट टांगेर सडकमै बसेका छन् ।

संविधान संशोधनका विधेयक फिर्ता लिन माग गर्दे विगत १८ दिन यता प्रदेश ५ का विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार