बिहे गरेर प्रधानमन्त्री प्रचण्ड विश्वकै गरिब प्रधानमन्त्री हुनबाट बञ्चित ! स्वर्गीय शुसिलपछिका गरिब !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २९ बुधवार १९:२२ बजे

बिहे गरेर प्रधानमन्त्री प्रचण्ड विश्वकै गरिब प्रधानमन्त्री हुनबाट बञ्चित ! स्वर्गीय शुसिलपछिका गरिब !

काठमाण्डौ
मंसिर २९

प्रधानमन्त्री सहित मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज वेबसाइटमार्फत मन्त्रिपरिषदका सदस्यहरुको सम्पती विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा केहि सम्पति नरहेको देखाइएको छ । यद्यपी दाहाल पत्नी सिताको नाममा चितवनमा १ कठ्ठा जमिन र तीन तोला सुन रहेको र त्यो पनि पैतृक सम्पति भएको उल्लेख गरिएको छ । जसअनुसार प्रधानमन्त्री दाहाल पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री ठहरिनुभएको छ । कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइल रहेको उल्लेख गर्नुभएको थियो ।  यस्तै, उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो नाममा सुन ६० तोला र चाँदी १ सय ५० तोला रहेको विवरण पेस गर्नुभएको छ । उहाँसँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ समेत छ । उहाँले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी, कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण सार्वजनिक गरेका छन् । सोही स्थानमा थप ३ आना जग्गा रहेको उल्लेख छ । तराईमा १९ विघा जग्गा, बैंक ब्यालेन्स २९ लाख, साढे १३ लाख उठाउन बाँकी, २०५४ सालमा ७ लाख रुपैयाँमा किनेको एउटा निशान भ्यान र २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ । यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा २ तले घर र १ तले गोठ छ ।

यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । महराको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स रहेको उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज नै प्रधानमन्त्रीका साथै मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार