फेरि हलो अड्काउदै मधेसी मोर्चा,किन पटक पटक मुर्छा पर्छ मोर्चा ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २९ बुधवार १३:१५ बजे

फेरि हलो अड्काउदै मधेसी मोर्चा,किन पटक पटक मुर्छा पर्छ मोर्चा ?

काठमाण्डौ
मंसिर २९

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव तत्काललाई निष्क्रिय बनाएर निर्वाचनमा जाने मुख्य ३ दलको सहमतिप्रति आपत्ति जनाएको छ ।

सो विषयमा छलफल गनै मोर्चाको अनौपचारिक बैठक दिउसो बस्दै छ । बैठक तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय बिजुलीबजारमा दिउसो बस्ने मोर्चाका नेताहरुले जानकारी दिएका छन् । हिजो काग्रेस एमाले र नेकपा माओबादी केन्द्रले संविधान संशोधन विधयेक निश्कृय गरी निर्वाचनमा जाने सैद्धान्तिक सहमति गरेपछि मधेसी मोर्चा आन्तरिक छलफलमा जुटेको हो ।
मुख्य विपक्षी एमालेको दवावमा संविधान संशोधन विधयेक निश्कृय बनाउने योजनामा सत्तारुढ दल काग्रेस एमाले लागेको भन्दै मोर्चाका नेताहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र कंग्रेस सभापति शेरबहादुर देउवालाई भेटरै कुरा गर्ने  तयारी गरेका छन् । सरकार गठन हुनुअघि भएका सहमतिका वारेमा काग्रेस माओबादीका नेताहरुसंग छलफल गर्ने आफुहरुको तयारी रहेको मोर्चा आवद्ध संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।
सीमाकंन, राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता र भाषालाई समेटेर सरकारले ल्याएको विधेयक, माग सम्बोधनका लागि सकारात्मक भएकाले सोही विधेयकलाई  निष्क्रिय बनाउने दलहरुको सहमति दुर्भाग्यपूर्ण भएको मोर्चाका नेताहरुले बताउदै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार