काठमाण्डौ
मंसिर ३७
सरकारद्धारा प्रस्तावित संविधान संशोधन विधेयकको विरोधमा युवा विद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन् ।
एमाले निकट युवा संघ, अनेरास्ववियु लगायत विद्यार्थी र युवाहरुले काठमाडौँमा बिहान दौड जुलुस गरेका हुन् ।
माइतीघरदेखि सुरु भएको दौड जुलुस नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । अनेरास्ववियूका सचिव आरसी लामिछानेका अनुसार भोलि काठमाडौँमा हुने विरोधसभामा एमाले, माले, नेमकिपाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
