जन्मदिनको शुभकामना थाप्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिसँग,६३ बर्ष पुगे प्रचण्ड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २६ आइतवार १५:५९ बजे

जन्मदिनको शुभकामना थाप्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिसँग,६३ बर्ष पुगे प्रचण्ड

काठमाण्डौ
मंसिर २६
प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्यको लागी पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गर्नुभएको छ । राष्ट्रपतिलाई भेट्न आज विहान शितल निवासमा पुगेका दाहालले राष्ट्र प्र्रमुखको हैसियतले समस्या समाधानमा आग्रसरता लिन आग्रह गर्नुभएको हो ।

संविधान संशोधन विधयेक दर्तापछि बढेको दलीय ध्रुविकरण अन्त्य गर्ने विषयमा पराशर्मको लागी प्रधानमन्त्री दाहाल राष्ट्रपतिलाई भेट्न जानुभएको थियो । छलफलको क्रममा प्रधानमन्त्री दाहालले दलीय असमझदारी समाधानको लागि भईरहेको छलफलबारे जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । राजनीतिक समस्या समाधानका लागि चाल्नुपर्ने कदमका विषयमा छलफल पछि भएको व्यक्तिगत भलाकुसारीमा बैद्यले प्रधानमन्त्री दाहाललाई ६२ औ जन्मदिनको शुभकामना पनि दिनुभएको छ । जन्मदिनको शुभकामना दिनुभएकोमा बैद्यलाई धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले राजनीतिक समस्या समाधानका लागि सरकारले गरिरहेको पहलको जानकारी गराउनुभएको थियो । यसअघि प्रधानमन्त्री दाहालले आज बिहान ७ बजेसरकारी निवास बालुवाटारमा जनयुद्धका घाइते कालिकोटका सर्जन बिकसँग भेट्दै नियमति काम सुरु गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शितल निवासमै बोलाएर प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार