काठमाण्डौ
मंसिर २५
स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । आज साझँ भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले ओसासुनालाई ३–० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ तथा लुइस स्वारेजले १ गोल गरे । जितपछि बार्सिलोना ३१ अंकसहित लिगको दोश्रो स्थानमा छ । उसले ३४ अंकसहित शीर्ष स्थानमा रहेको रियल मड्रिडसंगको अंकदुरी ३ मा झारेको छ । आजै राती १ बजे रियलले डिर्पोटिभोसंग प्रतिष्पर्धा गर्दैछ । आजको खेलमा मेस्सीले २ गोल गरेसंगै जारी सिजनमा ला लिगाको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन । समान १० गोलसहित रियलका रोनाल्डो दोश्रो र बार्सिलोनाकै स्वारेज तेश्रो स्थानमा छ । यसअघि गएराती भएका खेलमा मालागा र ग्रानाडाले १–१ गोलको बराबरी खेलेका थिए ।
जारी लिगमा १५ औँ चरणका खेल चलिरहदा बार्सिलोना २८ अंकका साथ दोश्रो स्थानमा छ भने ३४ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।
