प्रधानमन्त्री प्रचण्डको नजरमा एमाले संघियता र गणतन्त्र विरोधी हो त ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २४ शुक्रवार १६:१० बजे

प्रधानमन्त्री प्रचण्डको नजरमा एमाले संघियता र गणतन्त्र विरोधी हो त ?

काठमाण्डौ
मंसिर २४

प्रधानमन्त्री पुष्पकमल दाहालले संघियता तथा गणतन्त्र नचाहनेहरुले संविधान संशोधन प्रस्तावको विरोध गर्दै आन्दोलन चर्काइरहेको आरोप लगाउनुभएको छ ।

आज बिहान सुर्खेतको बिरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री दाहालले संविधान संशोधनविरुद्ध भइरहेको आन्दोलनको पछाडि ठूलो षडयन्त्र रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि निस्तेज पार्न पहलकदमी लिन कार्यकर्तालाई अपील गर्नुभयो । संविधानको कार्यान्वयन अपरिहार्य भएको भन्दै निर्वाचनबाट संविधान कार्यान्वयन हुने उहाँले बताउनुभयो । त्यसका लागि सरकारले निर्वाचनको मिती घोषणाको अन्तिम तयारीमा रहेको उहाँको भनाई छ । हालसम्मका सबै उपलब्धी माओवादी जनयुद्धको जगबाट प्राप्त भएको दाबी गर्दै प्रधानमन्त्री दाहालले उत्साहका साथ चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार