हामीले विरगंजबाट एमालेलाई लखेट्यौ भन्छ मधेसी मोर्चा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २४ शुक्रवार १६:०८ बजे

हामीले विरगंजबाट एमालेलाई लखेट्यौ भन्छ मधेसी मोर्चा !

काठमाण्डौ
मंसिर २४

मधेसी मोर्चाले कार्यक्रम नगर्न चेतावनी दिएपछि आज र भोलि विरगञ्जमा हुने भनिएको नेकपा एमालको भेला स्थगित भएको छ । एमाले मुखपत्र नवयुगको वार्षिकोत्सवका अवसरमा आज र भोलि वीरगञ्जमा केन्द्रीय नेतासहित भेला आयोजना गरिएको थियो ।

एमालेका अनुसार कार्यक्रममा महासचिव इस्वर पोखरेल, सचिव योगेश भट्टराईलगायतका केन्द्रीय नेता सहभागी हुने बताइएको थियो भने नवयुगका ग्राहकलाई समेत निम्ता दिइएको थियो । तर मधेसी मोर्चाले कार्यक्रम नगर्न चेतावनी दिएपछि भेला स्थगित गरिएको बताइएको छ । एमाले प्रचार विभागका सदस्य अरविन्द सिंहका अनुसार केन्द्रमा राजनीतिक परिस्थिति जटिल भएकाले वीरगन्जको कार्यक्रम स्थगित गरिएको हो । तर मधेसी मोर्चाका स्थानीय नेताले भने आफुहरुले कार्यक्रम नगर्न भनेपछि एमालेले भेला स्थगित गरेको दाबी गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार