संसदको गाँठो फुकाउन सभामुखले देउवा र ओलीसँग सल्लाह गर्दै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २३ बिहीवार ०९:०३ बजे

संसदको गाँठो फुकाउन सभामुखले देउवा र ओलीसँग सल्लाह गर्दै !

काठमाण्डौ
मंसिर २३
सभामुख ओनसरी घतीमगरले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा छलफल गर्दैहुनुहुन्छ । सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेसहितका केही दलले लगातार संसदमा अवरोध गरेपछि त्यसबारे आज सभामुख घर्तीमगरले सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेतासँग छुट्टाछुट्टै छलफल गर्न लाग्नुभएको हो ।

सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार सभामुख घर्तीले दिउँसो साढे १२ बजे कांग्रेस सभापति देउवासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफल गर्नुहुनेछ । देउवापछि सभामुखले आजै १ बजे एमाले अध्यक्ष ओलीसँग छुट्टै छलफल गर्नुहुनेछ । सभामुखले दुवै नेतासँग संसदको अवरोध फुकाउने विषयमा कुराकानी गर्ने बताइएको छ । त्यसैगरी सभामुख घर्तीले भोलि संसद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी संसदको कार्यसूचीमा रहेका अन्य विषयहरुलाई अघि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम छ । सभामुखले आजै प्रधानमन्त्रीसँग छलफल गर्न खोजेपनि प्रधानमन्त्री दाहाल सुदुर पश्चिम जाने कार्यक्रम भएकाले छलफल भोलिका लागि सारिएको बताइएको छ । सभामुख घर्ती पर्सी शनिबार युनाइटेड अरब इमिरेट्समा हुन लागेको महिला सभामुखको सम्मेलनमा भाग लिन त्यसतर्फ जाने कार्यक्रम भएकाले त्यसअघि नै संसदको अवरोध हटाउने प्रयासमा लाग्नुभएको हो । यसअघि सभामुखले कार्यसूचीमा संविधान संशोधन विधेयक नराखे पनि विपक्षी दलहरुले लगातार चौथो दिन संसद बैठक अवरुद्ध गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार