रोनाल्डोले गोल हान्न सकेनन्,रियल मड्रिडलाई आपत


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २३ बिहीवार ०९:०२ बजे

रोनाल्डोले गोल हान्न सकेनन्,रियल मड्रिडलाई आपत

काठमाण्डौ
मंसिर २३
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र जर्मन बोरुसिया डर्टमुण्डले बराबरी खेलेका छन् । घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले डर्टमुण्डसँग २–२ गोलको बराबरी खेलेको हो ।

rorreedd

सो खेलमा रियलका तर्फबाट दुवै गोल स्टार स्टाइकर बेन्जेमाले गरेभने डर्टमुण्डकातर्फबाट उबामेयाङ र मार्कु रिउजले समान १–१ गोलको साझेदारी गरेका हुन । खेलमा बराबरी गरेसँगै समान १–१ अंक बाडेको बोरुसिया डर्टमुण्ड समुह एफमा १४ अंक सहित शिर्ष स्थानमा छभने रियल मड्रिड १२ अंक सहित दोस्रो स्थानमा छ ।
उता गएरातिनै भएको अर्को खेलमा इटालिको युभेन्टस क्लबले डाइनामो जाग्रेबमाथि २–० गोल अन्तरको जित निकालेको छ । युभेन्टसको जितमा गोन्जालो हिगुइन र डेनीली रुगानीले समान १–१ गोल गरेका हुन । खेलमा डाइनामोलेभने कुनै गोल गर्न सकेन । यस्तै खेलमा जित निकालेसँगै युभेन्टस समुह एचमा १४ अंक सहित शिर्ष स्थानमा छभने हार व्यहोरेको डाइनामो ० अंक सहित समुहको पुछारमा छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार