लोकमान महाअभियोग अलपत्र पर्नुका कारण यस्ता छन्,नेताहरुको प्रवृति हातमा छुरा मनमा रामराम !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २२ बुधवार १५:२४ बजे

लोकमान महाअभियोग अलपत्र पर्नुका कारण यस्ता छन्,नेताहरुको प्रवृति हातमा छुरा मनमा रामराम !

काठमाण्डौ
मंसिर २२
सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेलगत्तै संसद बैठकमा छलफलकै क्रममा रहेको अर्को महत्वपूर्ण एवं बहुचर्चित प्रस्तावमाथीको छलफल अलपत्र परेको छ । संशोधन प्रस्तावप्रति आपत्ति जनाउदै विपक्षी दलहरुले संसद अवरुद्ध गर्दा लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव ओझेलमा परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीमाथीको महाअभियोग प्रस्तावले संसदमा स्थान पाउँदा उहाँ स्वत पदमुक्त हुनुभएको थियो । यद्यपी महाअभियोग प्रस्तावलाई संवैधानिक प्रकृयाबाट टुंगोमा पु¥याउन अझै धेरै समय लाग्ने देखिएको छ ।

lokman_singh_karki

महाअभियोग प्रस्तावमाथी संसदमा बोल्न चाहने सांसदहरुको संख्या अझैपनि धेरै रहेको र संसद बैठक नै पटक पटक अवरुद्ध हुदै आएपछि त्यसमाथीको छलफल नै प्रभावित भएको छ । छलफल भइसकेपछि संसदले महाअभियोग सिफारिस समितीमा थप अध्ययन तथा छलफलका लागि पठाउनेछ । समितीले छलफल सकेपछिमात्र महाअभियोग प्रस्ताव पास÷फेलका लागि संसद बैठकमा प्रस्तुत गरिनेछ । गत कात्तिक ३ गते संसदमा नेकपा माओवादी केन्द्र र नेकपा  एमालेका एक सय ५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि यस प्रस्तावले अहिलेसम्म संसदमा करिब ७ दिनजति छलफल भएको छ । कहिले सांसदकै तलवभक्ता बढाउने विधेयकले प्राथमिकता पाउने त कहिले हप्तादिन भन्दा बढी संसद स्थगित हुने गरेपछि महाअभियोग प्रस्तावमाथीको छलफल अड्किदै आएको हो ।

यहि मंसिर ५ गतेको संसद बैठकमा कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथीको छलफल सक्नेगरी सभामुख ओनसरी घर्तीले दलहरुसँग परामर्श गरेपनि त्यो दिन सांसदले आफ्नै तलवभत्ता बढाउने विधेयक पारित गरेका थिए । सोहि दिन बेलुका सभामुख एकहप्ताको लागि रुस भ्रमणमा उडेपछि संसद बैठक गएको १४ गतेमात्र बसेको थियो । सो बैठकमा कार्कीीवरुद्धको महाअभियोग प्रस्तावमाथी केहि समय छलफल भएपनि संविधान संशोधन विधेयको विरोधमा त्यसपछिका बैठक प्रतिपक्षी दलले निरन्तर अवरुद्ध गर्दै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार