पहेँलो कार्डले मैदानबाहिर रहेका नेयमारको ठाँउमा आएका टुरानले ह्याट्रिक गरे,नयाँ किर्तिमान बनाउन मेस्सी चुके !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २२ बुधवार १३:२२ बजे

पहेँलो कार्डले मैदानबाहिर रहेका नेयमारको ठाँउमा आएका टुरानले ह्याट्रिक गरे,नयाँ किर्तिमान बनाउन मेस्सी चुके !

काठमाण्डौ
मंसिर २२

च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले जर्मन बोरुसिया मुन चेनग्लाबामाथि  शानदार जित निकाल्दा नेयमारको ठाँउमा आएका आर्दा टुरानले ह्याट्रिक गरेका छन् । यसअघिका खेलमा दोहोरो पहेँलो कार्ड पाएर बेन्चमै बसेका नेयमारको ठाँउमा आएका टुरानले तहल्का पिटे । हुन त टुरान बार्सिलोनाका पुरानै स्ट्राइकर हुन् । यद्यपी उनको ठाँउमा रोजाईमा परेका नेयमारले पछिल्ला ६ खेलमा एक गोल पनि गर्न नसकी दोहोरो पहेँलो कार्डको सिकार बनेका हुन् ।

barcelona-768x409

स्वारेजलाई पनि बाहिरै घाम तपाइएको खेलमा चर्चित स्ट्राइकर लिओनल मेस्सीले भने एक गोल भन्दा बढि ठोक्न सकेनन् । उनले कमजोर टिममाथी अर्को गोलपनि ठोकेका भए समूह चरणमा सर्वाधिक गोलको क्रिष्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोड्नेथिए । तर सकेनन् । बिगत ८ बर्षदेखि विश्व फुटबलमा एकछत्र राज गर्दै आएका मेस्सी र क्रिस्टियानो रोनाल्डोको चर्चाको आयु पनि नयाँ खेलाडीले घटाउदै लगेका छन् ।
गएराति घरेलु मैदान क्याम्प नाउँमा भएको खेलमा बार्सिलोनाले मुनचेनग्लाबामाथि ४–० गोल अन्तरको जित निकालेको हो । जर्मन क्लब मुनचेनग्लाबाले भने खेलमा कुनै गोल गर्न सकेन । खेलमा अधिकांश समय बार्सिलोनाको विगविगी रहेको थियो । खेलमा जित निकालेसँगै बार्सिलोना समुह सीमा १६ अंक सहित शिर्ष स्थानमा छ भने हार व्यहोरेको बोरुसिया मुन चेग्लाबा ५ अंक सहित समुहको तेस्रो स्थानमा छ ।

उता गएरानिनै भएको अर्को खेलमा आर्सनलले एफसी बसेलमाथि ४–१ गोल अन्तरको जित निकालेको छ । आफ्नै घरेलु मैदान सेन्ट ज्याकोब पार्क स्टेडिममा भएको खेलमा बसेल आर्सनलसँग फराकिलो गोल अन्तरले पराजित भएको हो । आर्सनलको जितमा लुकास पेरेजले ह्याट्रिक गरेभने एलेक्सले १ गोल थप्न मदत गरे । यस्तै बसेलका तर्फबाट डम्बियाले एक सान्त्वना गोल फर्काएका थिए ।  खेलमा जित निकालेसँगै आर्सनल समुह एमा १४ अंक सहित शिर्ष स्थानमा छभने हार व्यहोरेको बसेल मात्र २ अंक सहित समुहको पुछारमा सिमित छ ।
यस्तै च्याम्पियन्स लिग अन्तर्गत गएरातिनै भएका अन्य खेलमा डाइनामो केइभले बेसिकटासमाथि ६–० को शानदार जित निकाल्दा बायन म्युनिकले एट्लेटिको मड्रिडमाथि १–० र नापोलीले बेनिफिकामाथि २–१ गोल अन्तरको जित निकालेको छ । यस्तै म्यानचेस्टर सिटि र सेल्टिकले १–१, पिएसजी र लुडोगोरेट्सले २–२ बराबरीखेल्दा पिएसभी र रोस्टोभले गोल रहित बराबरी खेलेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार