प्रचण्डलाई भेटेर रिन्चे टिरिन्काले यस्तो गफ लडाइन् !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:४२ बजे

प्रचण्डलाई भेटेर रिन्चे टिरिन्काले यस्तो गफ लडाइन् !

काठमाण्डौ
मंसिर २१
प्रधानमन्त्री पुष्पकमल दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्कलबीच भेट वार्ता भएको छ । आज र बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा राजदूत टीरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको भन्दै यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिनसक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा यूरोपेली यूनियन विश्वस्त रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार