सांसदले प्रचण्डलाई बहुलाहा कुकुरले टोकेको देखेपछि केहिबेरमा संसद बैठक स्थगित !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १७ शुक्रवार १५:४९ बजे

सांसदले प्रचण्डलाई बहुलाहा कुकुरले टोकेको देखेपछि केहिबेरमा संसद बैठक स्थगित !

काठमाण्डौ
मंसिर १७
मुख्य विपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्ताव बिरुद्ध आज पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध  गरेको छ । अहिले केहिबेरमा बस्ने संसद बैठक अवरुद्ध गर्ने एमालको तयारी  छ । सरकारले मंगलबार  राती संसद सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै  संसदबाट पास हुन नदिने र सदन अवरुद्ध जारी राँख्ने पार्टी संसदिय दलका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो ।

यसअघि हिजोको संसद बैठक पनि एमालेले अवरुद्ध गरेका थियो ।
यसैबिच, नेकपा मालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ भनेपछि संसदमा हंगामा भएको छ । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव मैनालीले संशोधनको विरोध गरे । उनले दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न गरे । लगतै कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको अभिव्यक्तिप्रत नियमापत्ति जनाए । लगतै सभामुख ओनसरी घर्ती मगरले यो शब्द रेकर्डबाट हटाउन आदेश दिनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार