काठमाण्डौ
मंसिर १६
संविधान संशोधन विद्येयक दर्तापछि उत्पन्न राजनीतिक मतभेदलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहलले कसरत तिव्र बनाउनुभएको छ । हिजो प्रमुख चार दलसंग छलफल गर्नुभएका प्रधानमन्त्री दाहालले आज पनि विहानदेखि नै संवाद शुरु गर्नुभएको हो ।
बालुवाटारमा प्रधानमन्त्रीले दल र मधेशी मोर्चासँग छलफल गर्नुभएको छ । संविधान संशोधन प्रस्तावलाई मोर्चाले हिजो नै अस्वीकार गरेको थियो । बैठकमा प्रधानमन्त्री सहित मधेशी मोर्चाका तर्फबाट संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी रहेको बुझिएको छ । बैठकमा सरकारले संशोधन दर्ता गराएको प्रस्तावमा लचिलो बन्दै सहमति जुटाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । मोर्चाका नेताहरुले भने संशोधन प्रस्तावमा केही हेरफेर हुनुपर्ने माग गरेका छन् । यसअघि प्रधानमन्त्रीले हिजो मुख्य ४ दल काग्रेस, एमाले, माओबादी, र राप्रपासंग पनि छलफल गर्नुभएको थियो ।
