आज दिउसो १ बजे एमाले संसदभित्र उफ्रिने !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १६ बिहीवार ०९:३३ बजे

आज दिउसो १ बजे एमाले संसदभित्र उफ्रिने !

काठमाण्डौ
मंसिर १६
मुख्य विपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्ताव बिरुद्ध आजबाट व्यवस्थापिका संसद अवरुद्ध  गर्ने भएको  छ । आज दिउसो १ बजेको लागी बोलाईएको संसद बैठक अवरुद्ध गर्ने उसले जनाएको छ ।

सरकारले अस्ति राती संसद सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव संविधान विपरित भएकाले त्यसलाई संसदबाट पास हुन नदिने भन्दै  सदन अवरुद्ध गर्ने एमालेले तयारी गरेको हो ।मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र एकता माथि खेलवाड गर्ने गरी संशोधन प्रस्ताव आएको आरोप सहित एमालेले सो प्रस्तावलाई कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिएको छ । हिजो संसद भवन नयाँ बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म सदन चल्न नदिने  निर्णय गरेको थियो ।
पार्टीले संघर्षमा उत्रिने घोषणा गरे लगत्तै एमालेका दुई भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले संशोधन प्रस्तावको विरोधमा सडक प्रदर्शन चर्काउन थालेका छन् ।  सडकमा टायर बाली उनीहरूले प्रस्तावविरुद्ध आज पनि मुलुकका विभिन्न ठाउमा  आन्दोलन जारी राखेका छन् । सम्बोधन गर्दै प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन नरोक्ने युवा संघ र अनेरास्ववियुले जनाएको छ । आज पनि उनिहरुले सरकारविरुद्ध नाराबाजी गर्दै संशोधन प्रस्तावको मस्यौदा जलाउने बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार