काठमाण्डौ
मंसिर १६
यथास्थितीमा संविधान संशोधन प्रस्ताव स्विकार्न नसक्ने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज पनि बस्दै छ । राजधानीको तिनकुने स्थित संघिय समाजबादी फोरम नेपालको कार्यालयमा दिउसो ३ बजे बस्ने बैठकमा संशोधन प्रस्ताबका विषयमा छलफल हुने छ ।
बैठकमा संविधान सशोधन प्रस्तावमा उल्लेख गरिएका विषयमा छलफल हुने मोर्चा आवद्ध तराई मधेश सद्भावना पार्टीका नेता राम नरेश रायले जानकारी दिनुभयो ।
मोर्चाले संशोधन प्रस्तावमा आफुले भने अनुसार हेरफेर गरिएमात्र स्विकार्ने सक्ने बताएको छ । केही दिनअघि प्रधानामन्त्रीसंगको छलफलका क्रममा मोर्चाले संशोधन प्रस्ताव दर्ता भएपछिमात्र गुण र दोषका आधारमा समर्थन गर्ने वा नगर्ने बताएको थियो । त्यस अनुसार अस्ति संशोधन प्रस्ताव दर्ता भएको हो ।
