काठमाण्डौ
मंसिर १६
थाइल्याण्डमा जारी एसीसी टी–ट्वान्टी महिला एसिया कप क्रिकेटको आफ्नो चौथो खेलमा आज नेपाली महिला टोलीले आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा सुरु हुनेछ । यसअघि भएको आफ्नो तिन वटै खेलमा नेपाल पाराजित भएको थियो ।
पहिलो खेलमा नेपाली महिला टोली पाकस्तिानसंग ९ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासंग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेलमा बंगलादेशसँग ९२ रनले पराजय व्यहोरेको थियो । आज हुने खेलमा दुवै टोली नेपाल र थाइल्याण्ड जितको खोजीमा हुनेछ । यसअघिका तिनै खेलमा दुवै टोलीले कुनै जित निकाल्न नसकेपनि थाइल्याण्ड नेपालभन्दा रनरेटको आधारमा बलियो देखिएको छ ।
