सपथ खाएर सिंहदरबार दौडिदै पुगेका दुई राज्यमन्त्री एउटै कोठाभित्र पुगेपछि हानाहान !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १५ बुधवार १७:२८ बजे

सपथ खाएर सिंहदरबार दौडिदै पुगेका दुई राज्यमन्त्री एउटै कोठाभित्र पुगेपछि हानाहान !

काठमाण्डौ
मंसिर १५
सहरी विकास मन्त्रालयमा नवनियुक्त दुई राज्यमन्त्रीबीच झगडा भएको छ । वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका सुवर्ण ज्वारचन सहरी विकास मन्त्रालयमा पुगेर पदबहाली गरेपछि सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी मिठु मल्लले आपत्ति जनाउदा दुई राज्यमन्त्रीबीच झगडा भएको हो ।

राज्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालयमा चाँडै पुगेर सुवर्णले पदबहाली गरेपछि मात्र मिठु मन्त्रालयमा पुग्नुभएको थियो । मन्त्रालयमा आइपुग्दा सुवर्णले पदबहाली गरेर नाम समेत टाँसिसकेको देखेपछि मिठुले आक्रोश व्यक्त गर्नुभयो । आफू सिफारिस भएको मन्त्रालयमा सुवर्णले पदबहाली गरेको देखेपछि मिठुले तत्काल आफ्नो नाममा बोर्ड बनाउन लगाएर मन्त्रालय भित्र प्रवेश गर्नुभएको थियो । मिठु पनि सुवर्णले पदबहाली गरेकै मन्त्रालयमा पुगेपछि दुई मन्त्रीबीच झगडा भएको हो । अहिले बाहिर सुवर्णको नाम व्यवस्थित बोर्डमा राखिएको छ भने मिठुको नाम कागजमा लेखेर टाँसिएको छ । मन्त्रीको कोठामा बसेका दुई मन्त्री र सचिवहरुबीच विवाद मिलाउने प्रयास भइराखेको छ । सुवर्णलाई वाणिज्य मन्त्रालयमा पदबहालीका लागि लिन सचिव नइन्द्र उपाध्याय सहरी विकास मन्त्रालयमा पुगे पनि उनले आफूले पदबहाली गरिसकेकाले वाणिज्य मन्त्रालय नजाने अड्डी लिएका छन्।

लामो समयको घम्साघम्सीपछि समस्या समाधानका लागि सचिव र दुई नवनियुक्त राज्यमन्त्रीबीच सहरी विकास मन्त्रालयको कार्यकक्षमा वार्ता जारी छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार