काठमाण्डौ
मंसिर १५
थाइल्याण्डमा जारी एसिसी महिला एसिया कप क्रिकेटमा पाकस्तिानले बंगलादेशमाथी प्रभावशाली जित हात पारेको छ । आज बंैककमा भएको खेलमा बंगालादेशलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा तेश्रो जित हात पारेको हो । यसअघि उसले नेपाल र थाइल्याण्डलाई पराजित गरेको थियो ।
टस जितेर पहिले व्याटिङ गरेको बंगालादेशको महिला टोलीले १५ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ४४ रन जोडेको थियो । ४५ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको पाकस्तिान ९ दशमवल ५ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाल पनि सहभागी प्रतियोगितामा भारत र पाकस्तिानलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ । अहिलेसम्म भएका समुह चरणका तीनै खेलमा हार व्यहोरेको नेपालले भोली थाइल्याण्डसंग खेल्दैछ ।
