यसरी आगो बल्दैछ रुपन्देही,गुल्मी,अर्घाखाँची,पाल्पा ,दाङ प्युठान लगायतका जिल्लामा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १५ बुधवार १५:१६ बजे

यसरी आगो बल्दैछ रुपन्देही,गुल्मी,अर्घाखाँची,पाल्पा ,दाङ प्युठान लगायतका जिल्लामा

काठमाण्डौ
मंसिर १५
सरकारले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकका विरुद्ध त्यसक्षेत्रका स्थानीयबासी आज बिहानैदेखि प्रर्दर्शनमा उत्रिएका छन् । ५ नम्बर प्रदेश टुक्राउने विरोधमा आज रुपन्देही,गुल्मी,अर्घाखाँची,पाल्पा ,दाङ प्युठान लगायतका जिल्लामा प्रर्दशन गरिएको छ ।

30112016122927sadak-jam-against-province-break-dang-1-1000x0

अर्घाखाची,बुटवलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताकार्यकर्तादेखि स्थानीय बासिन्दा समेत स्वतस्फूर्त विरोधमा उत्रिएका छन् । त्यहा प्रर्दशनका साथै चक्काजाम बन्दको आह्वान गरिएको छ । गुल्मीमा पनि बन्द आह्वान गरिएको छ । दाङमा आज एक घण्टा चक्काजाम गरिएको छ भने नवलपरासीको विभिन्न ठाँउमा प्रर्दशन गरिनुका साथै महेन्द्र राजमार्ग अवरुद्ध गरिएको छ । एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले आज बिहानैदेखि बुटवलमा लगायतका क्षेत्रमा यातायात समेत ठप्प पारेका छन् । प्रदेशको सीमांकन परिवर्तन गर्न सहमत देखिएका दल काग्रेस, माओबादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ता समेत विरोध प्रदर्शनमा उत्रिएका छन् ।स्वतस्फूर्त सडकमा उत्रिएका युवाले  प्रदर्शनमा ‘पाच नम्बर प्रदेश टुक्र्याउन पाइदैन, संविधान संशोधन चाहिँदैन, हिमाल, पहाड, तराई कोही छैन पराई’ लगायतका नारा लगाईरहेका छन् । यसैगरी भैरहवामा पनि ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा स्थानीयले मध्यान्ह १२ बजेदेखि १ बजेसम्म चक्काजाम गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार